राक्सिराङमा मिनि ट्रक दुर्घटना , एकको मृत्यु

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सोमबार मिनि ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ(६ का सुमन थिङ रहेका छन् । गाउँपालिकाको वडा नम्बर ६ शिलाधुनीमा कुच्चो बनाउने अमिस्रो बोकेको मिनि ट्रक पल्टिएको हो ।

वडा अध्यक्ष सिंगलालाल प्रजाले दुर्घटनामा एकजनाको मृत्यु भएको पुष्टी गरे ।

प्रहरीले पनि दुर्घटनामा एकजनाको मृत्यु भएको जानकारी प्राप्त भएको जनाएको छ ।ट्रक शिलाधुनीबाट बजार आउँदै गरेको बुझिएको छ ।
थप विवरण आउन बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*