भीमफेदी कारागारमा दैनिक दुई सय देखि तिनसयसम्म मास्क उत्पादन
हेटौडा । वाग्मती प्रदेश मकवानपुर जिल्ला भीमफेदी गाउंपालिकामा रहेको क्षेत्रिय कारागारका कैदिबन्दीहरूले हाल बिश्वब्यापी रुपमा फैलिरहेको संक्रमित कोरोनो भाईरसबाट सजगता अपनाउन भीमफेदी कारागारमा मेडिकेटेड सेफ्टि मास्क उत्पादन गर्न थालेको छ ।
कारागार प्रमुख जेलर प्रकाश खनालका अनुसार हाल चार जना बन्दीले दैनिक दुई सय देखि तिनसयसम्म मास्क उत्पादन गर्दै गरेको र आबश्यकता अनुसार माग भएमा दैनिक पाँच सयथानसम्म पनि मास्क तयार गर्ने क्षमता रहेको बताउनु भएको छ । बजारमा रू तीस देखि पचाससम्म् बिक्री हुने मास्क कारागारले बीस रूपैयामा नै बिक्र गर्न सक्ने बताएको छ ।हाल उत्पादन क्षमता रहे पनि यसले बजार नपाएको बताउनु भएको छ ।
कारागारमा हाल पाँचसय माथी बन्दी रहेको तथा हाल फैलिरहेको संक्रमित भाईरस कोरोना को उच्च जोखिम कारागार पनि हुन सक्नेलाई ध्यानमा राखि उच्च सतर्कता अपनाए पनि कारागारमा दरबन्दीमा रहेको स्वास्थ्यकर्मी बिगत एक बर्ष देखि रिक्त रहेको बताए ।अहिले स्वास्थ्यकर्मी को अति आबश्यक रहेकोले सम्बन्धित निकायको ध्यान केन्द्रित गरि दिन पनि अनुरोध गर्नुभएको छ ।
























