नेकपा हेटौँडा १६ द्धारा एक हजार माक्स वितरण
हेटौँडा,७, चैत्र । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट सावधानी अपनाउनुपर्ने भन्ने सन्देश दिँदै नेपाल कम्युनिष्ट पार्टी हेटौँडा उपमहानगरपालिका वडा नंबर १६ को वडा कमिटिले एक हजार थान माक्स वितरण गरेको छ ।
वडाको विभिन्न स्थानमा कमिटिले निशुल्क माक्स बाढेको हो । सरकारले पनि कोरोनबाट बच्न तथा सचेत बन्नको लागि विभिन्न कार्यक्रमहरु गरेको अवस्थामा आफुहरुले आफ्नो तहबाट माक्स वितरण कार्यक्रम गरेको नेकपा हेटौँडा १६ का वडा अध्यक्ष अभिनास गजुरेलले बताए । कार्यक्रममा नेकपा नेताहरु मदन दाहाल, जगनाथ तिमल्सीना, युवा नेता मोहनचन्द्र चौँलागाई लगाएतको सअभागिता रहेको थियो ।
























