सिद्धार्थ मावि जिल्लाकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल

हेटौंडा,७, चैत्र। हेटौंडा उपमहानगरपालिका वडा नंबर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालय जिल्लाकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरद्वारा सम्पन्न गरिएको विद्यालय कार्यसम्पादन परीक्षण २०७६ अनुसार सिद्धार्थ माध्यमिक विद्यालय हेटौडाले ८४ दशमलव ४ प्रतिशत प्राप्ताङ्क हासिल गरी जिल्लाकै सर्वोत्कृष्ट विद्यालय घोषित भएको हो ।

२०३२ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १ देखि ३ र कक्षा ८,९ र १०अंग्रेजी मध्यमा,वन विज्ञान,काननु सहित अन्य संकायको अध्यापन हुदै आएको छ । विद्यालय हाल करिव १७ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयको हाल बनसखण्डी तथा चौकिटोल ब्लक समेत सञ्चालनमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*