उधोग संघ मकवानपुरद्धारा ३५ सय जनाको स्वास्थ्य परिक्षण
चैत्र ७,हेटौंडा । उधोग संघ मकवानपुरको आयोजना तथा बिएनपी सर्पोट सर्भिस प्रा.लिको प्रायोजनमा संचालित ३ दिने स्वास्थ्य परिक्षण शिविरको आज समापन गरिएको छ । हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरुमा कार्यरत कामदार कर्मचारी स्थानिय बासिन्दा समेतलाई लक्षित गरी बुधवारबाट आयोजना गरिएको स्वास्थ्य शिविरको आज अन्तिम दिन सम्म ३५ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन ।
शिविरमा २ जना जनरल फिजिसियन डाक्टर सहित १४ जना स्वास्थ्यकर्मीको टिमले सेवा दिइएको बताइएको छ । स्वास्थ्य शिविरमा विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको बारेमा समेत सचेतना दिइएको,साबुन पानीले हात धुन सिकाउनुका साथै परिक्षण गर्न आउने प्रत्यकलाई निःशुल्क मास्क वितरण गरिएको उघोग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले बताउनुभयो ।
सशस्त्र प्रहरी औद्योगिक सुरक्षा बल र हेटौ्डा औधोगिक व्यवस्थापन कार्यलयको सहकार्यमा गरिएको स्वास्थ्य परिक्षणमा ज्वरो,ब्लडप्रेसर,श्वास प्रश्वास,पल्स रेट चेक गरिएको उपचारमा संलग्न डाक्टर सागर काफ्लेले बताउनुभयो ।
समापन कार्यक्रममा शिविरमा हेटौंडा औधोगिक व्यवस्थापन कार्यलय प्रमुख राजेन्द्र प्रसाद कंडेल,उधोग संघ बाग्मती प्रदेशका ऋषिराम घिमिरे,उधोग संघ मकवानपुरका कार्य समिती सदस्य विजयकुमार बैद्य,बिएनपी सर्पोट सर्भिस प्रा.लिका अध्यक्ष प्रल्हाद घिमिरे लयायतको उपस्थिती रहेको थियो ।
























