बिएनपी सर्पोट सर्भिसद्धारा डिजिटल थर्मगन सहयोग

चैत्र ७,हेटौंडा । हेटौंडा–४ कान्तिराजपथमा अबस्थित बिएनपी सर्पोट सर्भिस प्रा.लिले विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरस संक्रमण फैलन नदिन सशस्त्र प्रहरी औद्योगिक सुरक्षा बललाइ आज शुक्रबार डिजिटल थर्मल गन वितरण गरेको छ ।

आज औद्योगिक सुरक्षा बलका डिएसपी विनोद खतिवडालाई बिएनपी सर्पोट सर्भिस प्रा.लिका अध्यक्ष प्रल्हाद घिमिरेले २ वटा डिजिटल थर्मल गन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै उद्योग संघका अध्यक्ष लेखराज पोखरेलले शनिवारबाट शसस्त्र प्रहरीको सहकार्यमा औधोगिक क्षेत्रको हनुमान मन्दिर गेट र पुर्बि मेन गेटमा प्रबेश गर्ने कामदार आवतजावत गर्ने प्रत्यक व्यक्तिलाई उक्त थर्मोमिटरले तापक्रम मापन गरिने बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा हेटौंडा औधोगिक व्यवस्थापन कार्यलय प्रमुख राजेन्द्र प्रसाद कंडेल,उधोग संघ बाग्मती प्रदेशका ऋषिराम घिमिरे,उधोग संघ मकवानपुरका कार्य समिती सदस्य विजयकुमार बैद्य लयायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*