हेटौंडाको नेचुरल वेभरेजले क्वारेन्टाईनको लागि निशुल्क खानेपानी दिने

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ स्थित नेचुरल वेभरेजका सञ्चालक धुब्र अधिकारीले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको शंकास्पद विरामीको लागि हेटौंडामा रहने क्वारेन्टाईनको लागि आवश्यक शुद्ध खानेपानी (अमृत जल) निस्शुल्क उपलब्ध गराउने घोषँणा गरेका छन् ।

कोरोना भाइरस ९कोभिड १९० को सन्त्रासले विश्वलाई नै आतंकित बनाईरहेको समयमा सञ्चालकद्धण् अधिकारीले आफनो खानेपानी हेटौंडामा रहने क्वारेन्टाईनको लागि उपलब्ध गराउने घोषणा गरेका हुन् ।

बागमती प्रदेशले कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हेटौंडाको ४ स्थानमा क्वारेन्टाईन निर्माण गर्दै छ । प्रदेश सरकारले हटौंडा ११ मा रहेको हेटौंडा ऐकेडेमीमा २ सय शैया, हेटौंडा १० मा रहेको वन विज्ञान अध्ययन सस्थानमा १ सय शैया, गौरिटार खेलकुद एकेडेमीका १ सय शैया तथा कर्रामा रहेको शसस्त्र प्रहरी क्याम्पमा १ सय शैयाको क्वारेन्टाईन निर्माण गर्दै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*