आफ्नो होटल तथा पार्टी प्यालेश क्वारेन्टाइनको लागि दिने हेटौँडाका दुई ब्यवसायीको घोषँणा
हेटौँडा,८, चैत्र । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको शंकास्पद विरामीको लागि क्वारेन्टाईनको लागि हेटौँडाका दुईजना ब्यवसायीले आफ्नो होटल तथा पार्टी प्यालेस उपलब्ध गराउने घोषँणा गरेका छन् ।
हेटौँडा ८ कमानेका ब्यवसायी महेश थापा तथा होटल आर्शिवादका सञ्चालक दिपक सिवाकोटीले आफ्नो होटल तथा पार्टी प्यालेश सरकारलाई आवश्यक परेमा क्वारेन्टाईनकाृ लागि दिने घोषँणा गरेका हुन् । दुई ब्यवसायीले सञ्चालन गरेको ब्यवसायमा सयौँको संख्यामा विरामी तथा शंकास्पद विरामीहरुलाई राख्न सकिने जनाईएको छ ।
























