मकवानपुरका दुईजनालाई कोरोना संक्रमणको आशंका,थप उपचारको लागि अन्यत्र रिफर

हेटौंडा,९ चैत्र । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणको आशंकामा हेटौँडाबाट दुई जनालाई रिफर गरिएको छ । उच्च जरोको कारण हेटौँडा अस्पतालमा उपचारको लागि आएका भारत पटनाका एकजना र एकहप्ता अघि युएईबाट नेपाल आएका एक ब्यक्तिलाई कोरोना संक्रमणको आशंकामा काठमाण्डौँ तथा भरतपुर रिफर गरिएको अस्पताल विकास समितिले जनाएको
हो ।

गत मार्च १४ मा भारतको पटनाबाट नेपाल आएका एक जनालाई तथा एक हप्ता अगाडी युएईबाट हेटौँडा आएका बिरामीको ज्वरो ठिन नभएपछि उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तथा भरतपुर पठाईएको हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले बताए । तर उनीहरुको रिर्पोटबारे जानकारी आएको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*