सरकारद्वारा भारत र चीन दुवैतर्फका सीमानाका एक हप्ता बन्द गर्ने निर्णय

चैत्र ९ गते,काठमाडौं । सरकारले भारत र चीन दुवैतर्फका सीमानाका एक हप्ता बन्द गर्ने निर्णय गरेको छ।

आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुवैतर्फको सीमामा भइरहेको आवतजावत बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। सीमा सोमबार बिहान १० बजेदेखि बन्द हुनेछ।

त्यस्तै सरकारले कोरोनाविरुद्ध लड्न ५० करोड रुपैयाँको कोष खडा गर्ने निर्णय गरेको छ। कोषमा मन्त्रीहरुले एक महिनाको तलब सहयोग गर्ने र सार्वजनिक रुपमा पनि रकम संकलनका लागि आह्वान गर्ने निर्णय भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गरेर फर्केपछि पहिलोपटक उनको नेतृत्वमा आइतबार बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*