हेटौंडाको रोयल प्यालेसलाई आइसोलेशन वनाईने
हेटौंडा । हेटौडाको रोयल प्यालेसलाई बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाले आइसोलेसन वनाउने भएको छ । पाटी प्यालेसलाई आइसोलेसन वनाउनका लागि यसका सञ्चालक धुर्व अधिकारीले दिने घोषणा गरेपछी आइसोलेसन निर्माण गर्न लागिएको हो ।
विश्वव्यापी रुपमा कोरोनाको त्रास फैलीएको समयमा हेटौंडामा पनि यसको तयारीमा रहनका लागि आइसोलेसन तयार गर्न लागिएको हो । पार्टी प्यालेसका सञ्चालक अधिकारीले कोरोनाको त्रास भएको समयमा सरकारलाई सहयोग गर्नुपर्छ भन्ने उदेस्यले आइसोलेसनका लागि दिनु भएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाले पार्टी प्यालेसमा आइसोलेसन निर्माण गर्न लागेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । आइसोलेसनका लागि बेड निर्माण, आइसीयु, एसी सहितका थप संरचना भने प्रदेश र स्थानीय तहले निर्माण गर्नेछन् । कोरोनाको त्रास रहुन्जेल सम्मका लागि सरकारलाई आइसोलेसनका लागि सहयोग गरेको पार्टी प्यालेसका सञ्चालक अधिकारीले वताउनुभयो ।
























