मकवानपुर प्रशासनले लक डाउन उलंघन गर्नेलाई पक्राउ गर्ने

हेटौँडा,११, चैत्र । विश्वभर महामारीको रुपमा फैलिएको कोराना भईरसलाई नेपालबाट बच्नको लागि नेपाल सरकारले आजबाट लकडाउन सुरु गरेको छ । लकडाउनको अर्थ अत्यावश्यक काम बाहेमा मानिसहरु घरबाट निस्कन नपाउने ब्यवस्था हो ।

तर मकवानपुरमा सरकारले घोषँणा गरेको लकडाउनलाई उलंघन गर्नेको संख्या बढेको देखिएपछि त्यस्ता ब्यक्तिलाई पक्राउ गर्ने र कानुन बमोजि कारबाही गर्ने तयारी जिल्ला प्रशासन कार्यालय मकवानपुरले गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले सरकारको आदेशलाई अवज्ञा गर्नेलाई कडा कारबाही गर्ने बताए ।

उनले तरकारी किन्न, खाद्यन्न तथा औषधी किन्नको लागि पनि घरको एकजनामा निस्कन र सकेसम्म नजिककै प्रहरीलाई जानकारी दिन पनि आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*