मनहरीको एक युवालाई कोरोनाको आशंकामा भरतपुर रिफर
हेटौँडा,१२, चैत्र । कोरोनाको आशंकामा मकवानपुरको मनहरी गाउँपालिकाको एकजना युवालाई जाँचको लागि भरतपुरमा रहेको कोरोना अस्पतालमा रिफर गरिएको छ ।
केहीदिन अघि फ्रान्सबाट नेपाल आएकी १९ बर्षकी किशोरीमा कोरोना पुष्टी भएको र उनै किशोरीसंग युवक कतारबाट नेपाल नेपाल आएका थिए । उनी गत ७ गते मनहरी आएका थिए ।
मनहरी आएपछि ज्वरो देखिएको र ज्वरो नघटेपछि मनहरी प्राथमिक स्वास्थ्य केन्द्रले भरतपुर रिफर गरेको हो । युवकको उमेर २५ वर्ष रहेको छ ।
























