मकवानपुरकी विष्णु अधिकारीको कोरोना रिपोर्ट नेगेटिभ
हेटौँडा,१३ चैत्र । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट नेपाल पनि जोखिममा रहेको समयमा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एकजना विद्यार्थीलाई कोरोना भाईरसको पुष्टि भयो ।
उनलाई कोरोना पुष्टिभएसँगै उनी आएको विमानमा भएका अन्य नागरिकहरुलाई समेत प्रहरीले खोज्न सुरु गर्यो । सोहि विमानमा मकवानुरगढी सुकौरा निवासी विष्णु अधिकारी पनि थिईन् । सरकारले उनीहरुसबैको नाम सार्वजनिक गर्दै पसम्पर्कमा आउन अग्रग पनि गरेकेो थियो ।
तर मकवानपुरकी विष्णुले पनि आफु आएको विमानमा कोरोना पोजेटिभ विरामी रहेको थाहम पाएपछि काठमाण्डौमा रहेका केन्द्रीय प्रयोगशाला एन पि एच एल टेकुमा परिक्षणको लागि पुगिन र नतिजा राम्रो आयो अर्थात उनीमा नेगेटिभ देखियो ।
यता मकवानपुर प्रहरीले पनि उनलाई सम्पर्क गरेको छ । हाल उनी काठमाण्डौँमा रहेकी छिन् । उनको पारिवारीक श्रोतको अनुसार उनीमा कुनैपनि स्वास्थ्य समस्या छैन् ।
























