मजदुर परिवारलाई खाद्यान्न सहयोग गर्दै ढुङ्गेल दम्पती
१६ चैत्र मकवानपुर । विश्वव्यापी माहामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड नाइन्टिन संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउँन गरेपछि अहिले नागरिक घरघरमा बसेका छन् ।
लकडाउनको अवधिमा नागरिकको स्वास्थ्यका लागि स्वास्थ्य कर्मी अस्पतालहरुमा खटिएका छन् भने प्रहरी प्रशासन लक डाउनको पूर्ण पालनाका लागि लागि परेका छन् ।
सरकार लक डाउन समय लम्ब्याउने छलफलमा समेत जुटिसकेको छ । यो विपद्को घडीमा मकवानपुरमा विभिन्न मनकारी दाताले सहयोग गरिरहेका छन् ।
लक डाउनको समयमा समस्या परेकालाई आफूले सकेको सहयोग गर्ने सामाजिक सन्जालबाट घोषणा गर्ने कार्य भइरहेका छन् ।
दैनिक ज्याला मजदुरीका भरमा परिवार चलाउँदै आएकाहरु लकडाउनमा काम गर्न नपाएपछि भोकै बस्ने अवस्थामा खाद्यान्न सहयोग देखि पिउने पानी तथा सवारी साधन सहयोग लगायतका सहयोगी कार्य मनकारी दाताबाट भइरहेको छ ।
हेटौंडा ८, कमानेका धर्मराज पुडासैनी तथा सलिना ढुंगेल दम्पतिले दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएकालाई खाद्यान्न सहयोग गरिरहेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ भित्रका त्यस्ता परिवारलाई खाद्यान्न गर्ने कार्य गरिएको सलिना ढुंगेलले बताइन् ।
ढुंगेल दम्पतिले सामाजिक सन्जाल फेशबुकमा आफूहरु विपद्को घडीमा खानाको अभावमा परेकालाई सहयोग गर्न तयार रहेको पोष्ट गरेका छन् । उनीहरुले फेशबुकमा लेखेका छन्, ‘ विश्वभर माहामारीको रुपमा फैलिएको ‘कोभिड १९’ को त्रासले हामी लकडाउनमा रहन बाध्य भएको छौ । यस्तो अवस्थामा थुप्रै यस्तो परिवारहरु हुनुहुन्छ । जसको विहान बेलुका खानाको लागि समस्या परिरहेको हुनसक्छ । त्यसैले हाम्रो हेटौंडा कमाने ८ नं वडाभित्र रहनु भएको निम्न परिवारहरुमा खाना रासन,पानी को अभाव छ भने हामी श्रीमान्÷श्रीमती हाम्रो व्यक्तिगत तर्फबाट सहयोग गर्न यो लकडाउनको अबधि भरि तयार रहेको जानकारी गराउद छौ ।
धर्मराज र सलिना दम्पतिले शनिबार श्रमिक टोलका एक परिवारलाई खाना व्यवस्था गरे भने आइतबार पनि खाद्यान्न सहयोग गर्दैछन् । लक डाउन अवधिभर आफूहरु वडामा रहेका व्यक्ती खानाको अभावमा तड्पिनु नपरोस् भनेर सहयोग कार्यमा लागि परेको बताउँछन् ।
























