विपदमा परेकाको भोक र प्यास मेटाउदै अधिकारी
हेटौँडा,१६, चैत्र । विश्वव्यापी माहामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउँन गरेपछि अहिले सबै नागरिक घरघरमा बसेका छन् ।
लकडाउनको अवधिमा नागरिकको स्वास्थ्यका लागि स्वास्थ्य कर्मी अस्पतालहरुमा खटिएका छन् भने प्रहरी प्रशासन लक डाउनको पूर्ण पालनाका लागि परेका छन् ।
तर यो विपद्को घडीमा मकवानपुरमा विभिन्न मनकारी दाताले सहयोग गरिरहेका छन् । लडकडाउन सुरु भएपछि दैनिक ज्याला, मजदुरी गर्नेहरुको अवस्था निकै नाजुक बनेको छ । यस्तो अवस्थामा केहि मनकारी ब्यक्ति बिचल्लीमा परेकाहरुका लागि सहयोगको लागि निस्केका छन् । यो अभियानमा सामाजिक अभियन्ता एवं व्यवसायी ध्रुव अधिकारी डटेरै अघि सरेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ स्थित नेचुरल वेभरेजका सञ्चालक अधिकारीले कोरोना भाईरसको शंकास्पद विरामीको लागि हेटौंडामा रहने क्वारेन्टाईनको लागि आवश्यक शुद्द खानेपानी अमृत जल निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।
उनले कर्रामा निर्माण भइरहेको वाइसोलेसन वार्डका लागि खानेपानी उपलब्ध गराएका छन् । यस्तै,हेटौंडाका प्रहरी तथा ट्राफीकका लागि खानेपानी सहयोग गरेका छन् । लक डाउनको अवधिमा बिचल्लीमा आफ्नो गन्तव्य हिडेका पैदल यात्रुलाई पानी, चाउचाउ, विस्कुट लगायत खानेकुरा सहयोग गरेका छन् ।
व्यवसायीको धर्म विपद्का बेलामा सहयोगी बन्नु पनि हो भन्ने आफ्नो बुझाइ भएकाले सोही अनुसार सहयोगी कार्यमा आफू लागिपरेको अधिकारी बताउँछन् ।
यसका साथै, आवश्यक क्वाइरेन्टाइन निर्माणका लागि शैक्षिक संस्था, होटल उपलब्ध गराउने प्रतिबद्दता पनि अन्य व्यवसायीले गरेका छ । उनले आफुले सञ्चालन गरेको रोयल पार्टी प्यालेस पनि सरकारलाई आवश्यक परेको अवस्थामा क्वारेन्टाईन, आईशोलेसनको लागि दिने बताएका छन् ।
























