क्वारेन्टाईनको लागि सिवाकोटीले होटलको साचो बुझाए
हेटौँडा,१९, चैत्र । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको होटल आर्शिवादले क्वारेन्टाईनको लागि होटलको चाबी हेटौँडा अस्पताल प्रशासनलाई बुझाएको छ ।
अस्पतालले श्रमिक मावि कर्रा तथा हेटौँडा ऐकेडेमीमा निर्माण गरेको कोरोना वार्डमा कार्यत स्वास्थ्यकर्मीहरु रोटेसनमा अब आर्शिवाद होटलमा क्वारेन्टाईनमा बस्ने ब्यवस्था मिलाईएको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए ।
अस्पताल प्रशासनले हेटौँडाका केहि होटलसँग सम्पर्क गर्दा आर्शिवादले मात्र उक्त कार्यमा सहयोग गर्न तयार भएको उनले बताए । होटल सञ्चालक दिपक सिवाकोटीले यस अघिनै सरकारलाई आवश्यक परेको अवस्थामा आफ्नो होटल प्रयोग गर्न दिने बताएका थिए ।
























