सङ्क्रमण रोकथामका लागि कुमारी बैंकद्वारा १० लाख सहयोग

हेटौंडा,१९ चैत । कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा योगदान पुर्याएको छ । प्रत्येक प्रदेशबाट रु १० लाखको दरले बैंकले कूल रु ७० लाखको सहयोग पुर्याउने भएको छ । सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा बैंकले उक्त रकम सहयोग पुर्याएको हो ।

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा रू १० लाखका दरले जम्मा हुने गरी सहयोग उपलब्ध गराएको हो । सो सहयोग मार्फत कोरोना भाइरसको रोकथामका साथै न्यून आम्दानि भएका अतिविपन्न, सीमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सदुपयोग पुग्नेमा बैंक विश्वस्त रहेको जनाइएको छ ।

यसै बिच हेटौंडामा रहेको कुमारी बैंक लिमेटेडका शाखा प्रबन्धक कृष्ण प्रसाद शर्माले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई बुधबार सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार जे एन थपलिया तथा बैंकका तर्फबाट हेटौंडा शाखाका सम्पर्क ब्यबस्थापक ऋषि सापकोटाको समेत उपस्थिती रहेको थियो।

बिश्वभरी महामारी फैलिएको र बिपतको बेला बैंकले सस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकका शाखा प्रबन्धक शर्माले बताउनुभएको छ ।

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायत को लागि उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*