नेपालमा छैटौं कोरोना भाइरसका संक्रमित भेटिए
चैत्र २० गते ,काठमाडौं । नेपालमा छैँटौँ कोरोना भाइरसका संक्रमित फेला परेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार चैत ४ गते कतार एयरको क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौँ आएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको हो।
यसअघि सोही जहाजबाट आएकी एक युवतीलाई कोरोना संक्रमण देखिएको थियो । उनी अहिले उपचाररत छिन्
























