भारतबाट आएका थप एकमा कोरोना संक्रमण
२१ गते चैत,हेटौंडा । नेपालमा कोरोना भाइरस (कोभिड १९)का सातौं संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशको पोखरामा कोरोना भाइरसका सातौं संक्रमित भेटिएका हुन् ।
गण्डकी प्रदेश सरकारका अनुसार ती व्यक्ति केही दिन पहिले भारतबाट नेपाल आएका थिए ।
केन्द्र सरकारले प्रदेशहरुमा पठाएको पोर्टेवल पीसीआर मेसिनमा नमूना परीक्षणका क्रममा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो । प्रदेश सरकारले संक्रमणको पुनः पुष्टि गर्न ती व्यक्तिको स्वाव काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको जनाएको
छ ।
























