बागमती प्रदेशलाई एनएमबि बैंकको पीपीई सहयोग
२८ चैत्र,हेटौंडा । एनएमबी बैंक लिमिटेडले बागमती प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई बैंकले शुक्रबार हस्तान्तरण गरेको हो । बैंकको बागमती प्रदेश व्यवस्थापक दुर्गाराम पुरी र हेटौंडा शाखा प्रमुख गोकर्णबहादुर कार्कीले मुख्यमन्त्री पौडेललाई पीपीई हस्तान्तरण गरेका हुन् ।
पीपीई सेट संगै एन ९५ मास्क १०० थान र १०० थान सेनेटाईजर पनि हस्तान्तरण गरिएको छ। सातवटै प्रदेशलाई १०० र १०० थान पीपीई र कोरोना भाईरस नियन्त्रणको केन्द्रिय कोषमा १ करोड ५१ लाख हस्तान्तरण गरिएको प्रदेश कार्यालयका प्रमुख पुरीले जानकारी दिनुभयो । कोरोनाबाट सुरक्षीत भएर काम गर्न स्वास्थ्यकर्मीलाई यसले सहयोग पुग्ने पुरीले बताउनुभयो । यस महामारी बिरुद्घको अभियानमा नेपाल सरकारको पहल कदमीमा एनएमबि बैंकको साथ–सहयोग सँधै रहीरहने बैंकले जनाएको छ।
मुख्यमन्त्री पौडेलले प्राप्त भएका पीपीईहरु शुक्रबार नै स्वास्थ्य तथा आपूर्ति ब्यबस्था कार्यालयमा पठाइएको जानकारी दिनुभयो । कार्यलयमार्फत एकद्वार प्रणालीअनुसार नै सो पीपीई आबश्यकता अनुसार अस्पतालहरुमा पठाईने बताउनुभयो । अप्ठ्यारो समयमा सहयोग गरिएको प्रति मुख्यमन्त्री पौडेलले धन्यवाद व्यक्त गर्नुभयो ।
























