बागमती प्रदेशको उपचार कोषमा सेञ्चुरी बैंकको ५ लाख सहयोग
२ वैशाख, हेटौंडा । बागमती प्रदेश अन्र्तगत कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सेञ्चुरी कमर्सियल बैंकले ५ लाख रकम सहयोग गरेको छ ।
बैंकका हेटौंडा शाखा प्रमुख सुहित शाक्यले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई आज मंगलबार सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
बिश्वभरी महामारी फैलिएको र बिपतको बेला बैंकको पनि सामाजिक उत्तरदायित्व रहने बताउदै भाईरस नियन्त्रणमा सरकारले गर्न लागेको काममा सहयोग गर्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको बैंकका शाखा प्रमुख शाक्यले बताउनुभयो।
सेञ्चुरी कमर्सियल बैंकले सङ्घिय सरकारको कोषमा ५० लाख र प्रत्येक प्रदेशलाई ५ र ५ लाखका दरले रकम हस्तान्तरण गरेको जनाएको छ ।
























