हेटौँडाका चारै जनामा कोरोना देखिएन

बैशाख ५,हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा हिजो भएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा पोजेटिभ रिर्पोट आएका चारजनाको पिसिआर टेष्ट नेगेटिभ आएको छ । हेटौंडामा विदेशबाट फर्किएकाहरुमा कोरोना भाइरस कोभिड १९ र्‍यापिड टेस्ट गर्दा चार जनाको रिपोर्टमा पोजिटिभ नतिजा निस्किएको थियो । आज भने चारै जनाको स्वाब रिपोर्ट भने नेगेटिभ प्राप्त भएको हो ।

उपमहानगरपालिकाले हिजो देर्ख र्‍यापिड डाइग्नोस्टिक टेस्ट ९आरडीटी० विधिबाट कोरोना संक्रमण परीक्षण सुरु गर्दा चार जनामा पोजेटिभ देखिएको थियो । आज हेटौंडाको कोरोना ल्यावमा गरिएको परिक्षणमा पिसिआर टेष्ट नेगेटिभ आएको हेटौंडाको आइसोलेसन इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।

उनहिरु चारैजनाको स्वाब परिक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको हो । उनीहरुमा अव कोरोना भाइरस नभएको पुष्टी भएको छ ।
बिदेशबाट फर्किएका चारजना हेटौंडामा वसोवास गर्दै आएका छन् । उनीहरु चारै जनालाई हेटौंडाको आइसोलेसनमा राखिएको थियो । तीन जना पुरुष र एक जना महिला हुन् । हिजो हेटौंडामा टेष्ट गरिएका ४९ जना मध्यमा ४ जानमा मात्र टेष्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार उनीहरुको नेगेटिभ पाइएको प्रयोगशालाले जनाएको छ। हेटौंडा–४ स्थित बासुदेव सभागृहमा बिहीबार भएको ४० जनाको टेस्ट मध्ये भारत बिहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ वर्षीया महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका हेटौंडा–४ का ३२ वर्षीय एक युवकको र्‍यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखाएको थियो। उनीहरुहरुलाई आइसोलेसनमा राखिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*