तीन जनामा कोरोना संक्रमण पुष्टि: संक्रमितको संख्या ४५ पुग्यो
१० बैशाख, उदयपुर । बुधबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा तीनजनामा कोरोना पोजिटिभ देखिएको हो ।
मस्जिदमा बसेका १६ जना जमती मध्ये १२ जना ११ भारतीय र एक नेपाली मा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अर्का एक नेपालीमा संक्रमण देखियो ।
संक्रमण नदेखिएका तीन जनालाई भने टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। देवकोटाले बताए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।
























