मकवानपुर प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लियो
वैशाख ११,हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आजबाट हेटौँडामा अनावश्यक हिड्ने मानिसहरुलाई ‘म्यान क्याच स्टिक’ अर्थात पासो मार्फत पक्राउ गर्न सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा लकडाउन उलघंन गर्ने दुई जनालाई म्यान क्याच स्टिकको सहायताले नियन्त्रणमा लिएको छ । नियन्त्रणपछि मास्क लगाई दिएर रिहा गरिदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
लकडाउनका समयमा अत्यावश्यक काम बाहेक अन्य काममा बाहिर ननिस्कन प्रशासनले गरेको आग्रहलाई वेवास्ता गर्दै बजारमा आएको भनेर स्टिकको सहायताले नियन्त्रणमा लिएको हो । जथाभावी मानिस नियन्त्रणमा लिँदा कोरोना संक्रमण हुने डरले प्रहरीले सावधानी अपनाएर लकडाउन उलंघन गर्नेहरुलाई स्टिकको सहायताले नियन्त्रण लिन थालेको हो ।
























