राक्सिराङमा राहत वितरण गर्न गएका एकको मृत्यु
हेटौंडा,१२ बैशाख । मकवानपुरको राक्सिराङ वडा नंबर ६ सिलिङमा राहत वितरण गर्न गएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटा पख्रिबासका अन्दाजी वर्ष ५०र५५ खडक बहादुर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दिगो विकासका लागि एकता नेपाल नामक संस्थाबाट राहत वितरणका लागि राक्सिराङ पुगेका कटुवाल एक्कासी लडेर बेहोस भएका थिए। उनको उपचारको लागि ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
























