हेटौंडाको ल्याबमा हाल सम्म ३३८ जनाको कोरोना परिक्षण
हेटौंडा,१२ बैशाख । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस कोभिड १९ को ल्यावमा हाल सम्म तीन सय ३८ जनाको स्वाब परिक्षण गरिएको छ । कोरोना जाँच गरिएका मध्य तीन जनाको स्वाब रिपोर्ट पोजेटिभ आएको थियो । तीनै जनाको रिपोर्ट यसअघि नै सार्वजनिक भइसकेको छ । ।
हेटौंडाको ल्यावमा निरन्तर रुपमा कोरोना भाइरसको संका लागेका विरामीको स्वाब परिक्षण गरिदै आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डाक्टर पुरुषोतम सेढाईले जानकारी दिनुभयो । हेटौंडाको ल्यावमा मकवानपुर, बारा, पर्षा, रौतह लगायतका जिल्लाबाट स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ ।
























