वीरगञ्जमा थप २ जनामा कोरोना पुष्टि

वैशाख १४,काठमाडौं । वीरगन्जमा थप दुईजनालाई कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको नतिजाअनुसार थप दुईजनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

दुईजनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ भने १२ जना उपचारपछि फिर्ता भइसकेका छन् । संक्रमण पुष्टि भएका दुवै जना वीरगन्ज महानगरपालिका छपकैयाका बासिन्दा हुन् । छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*