दोस्रो चरणको राहत बाढ्दै भीमफेदी गाउँपालिका
बैशाख १४ ,हेटौंडा । सरकारले देशमा कोरोना भाइरसको संक्रमण बढ्न नदिन गरेको लकडाउनले मजदुर तथा विपन्न परिवारलाई दैनिक छाक टार्न समस्या परेको भन्दै मकवानुरको भीमफेदी गाउँपालिकाले आफ्नो पालिकामा राहात वितरण कार्यलय तिव्र पारेको छ ।
गाउँपालिकाले दोस्रो चरणको राहतमा ८ सय परिवारलाई खाद्यन्न वितरण गर्ने भएको छ । यस अघि गाउँपालिकाले २ सय १० विपन्न परिवारलाई खाद्यन्न राहत वितरण गरेको थियो ।
गाउँपालिकाको ९ वटै वडामा नामावली संकलन कार्य सकेको र अन्तिम नामावली छनौट पश्चात् आाजै बाट राहत वितरण गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए ।
राहतमा एक परिवार लाई चामल ३० किलो,दाल ३ किलो,तेल २ लिटर,चिनि २ किलो तथा नुन २ किलोको प्याकेज रहेको छ । राहत बितरणको लागि विभिन्न क्षेत्र बाट ५ सय ९८ बोरा ३० किलोको चामल सहयोग प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
























