हेटौंडामा सुन्दर मार्केटबाट सामान खरिद गर्नेहरु बढ्दै
बैशाख १४ ,हेटौंडा । लकडाउनका बेला सर्वसाधारणलाई बजार निस्कन समस्या हुने भएकाले नंया वर्षको अवसरमा हेटौडाका युवाहरुले सुरु गरेको अनलाईन डेलिभरी सेवा प्रभाबकारी बन्दै गएको छ । आफुहरुले अनलाईन सुरु गरेको आधा महिना भएको र अनलाईन मार्फत दाल ,चामल,तेल,चिनी,चियापति,गेडागुडी,साबुन,स्याम्फु लगायतका सामानको अर्डर गर्नेहरुको संख्या बढीरहेको सुन्दर मार्केट डटकमका संस्थापक संचालक सन्तोष पराजुलीले जानकारी दिए ।
ग्राहकले फोन र अनलाईन मार्फत सामान अर्डर गरे पश्चात घरमै सामान पु¥याइदिने गरेको छ । कोरोना भाइरसको कारणले लकडाउनको अबस्थामा बजारमा भिडभाड नहोस भन्नको लागि उपभोक्ताको घरमै आवश्यक सामानहरु उचित मुल्यमा डेलिभरी सहितको सेवा दिइरहेको छ ।
सामान अर्डर गर्नको लागि https://sundarmarket.com/ वेवसाइटमा गइ आफुलाई चाहिएको सामान अर्डर गर्न सकिन्छ । अथवा ९८१६२८८१७७ नम्बरमा सिधै सम्पर्क पनि गर्न सकिने कम्पनीले जनाएको छ ।
























