वैशाख २५ गतेसम्म लकडाउन लम्बियो
बैशाख १४,काठमाडौं । सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै वैशाख २५ गतेसम्म पुर्याएको हो ।
कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सरकारले थप १० दिन लकडाउन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन सोमबार अर्थात् वैशाख १५ गते सकिदै छ। संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै कोरोना भाइरस कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एक साता थप्न सुझाव दिएको थियो।
























