हेटौंडाका किसानलाई प्रदेश सरकारको अनुदान

बैशाख २० , हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा दुग्ध उत्पादक कृषकहरुलाई अनुदान रकम वितरण गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशबाट प्राप्त अनुदान रकम दुग्ध उत्पादक कृषि सहकारी संख्थाका सदस्यहरुलाई शुक्रबार वितरण गरिएको हो । बागमती प्रदेश सरकारको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले यो रकम किसानलाई वितरण गरिरहेको छ ।

प्रदेश सरकारले प्रतिलिटर दुधमा एक रुपैयाँ अनुदान रकम १३ वटै जिल्लाका किसानलाई निरन्तर रुपमा वितरण गरिरहेको छ । यसैक्रममा पदमपोखरीका किसानलाई पनि वितरण गरिएको हो ।

विसं २०७५ साउन १ गतेदेखि २०७६ असार ३१ गतेसम्म संस्थाका कृषकहरुले दुग्ध विक्री गरेको परिमाणको आधारमा प्राप्त अनुदान सामाजिक दुरी कायम गरी वितरण गरिएको संस्थाका रामहरी पोखरेलले जानकारी दिएका छन् । कृषकहरुले उक्त अबधीमा दुग्ध बिक्रि गरेको परिमाणको आधारमा मन्त्रालयबाट २ लाख ७८ हजार ४ रुपैयाँ अनुदान रकम प्राप्त भएको थियो । अनुदान रकमबाट संस्थामा आवद्ध घरेडी डाँडा, हात्तिगौँडा लगायतका कृषकहरु लाभान्वित भएका छन् ।

अनुदान वितरण कार्यक्रम संस्थाका अध्यक्ष मधुसुदन नेपालको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यष ललितबहादुर घलानको उपस्थितिमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*