नेपालगञ्जमा थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो
बैशाख २३, काठमाडौं । कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। भेरी अस्पताल, नेपालगञ्जमा भएको परीक्षणको मंगलबार बिहान आएको रिपोर्टअनुसार ७ जना नयाँ संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज(८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्। मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको छ।
यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
























