सालीसँगको प्रेम सफल गर्न श्रीमतीको हत्या

बैशाख २३,जनकपुर । सालीसँगको प्रेममा श्रीमती हत्या गरेको घटना बाहिर आएको छ । धनुषाको मिथिला नगरपालिका ९ लालभित्तिमा सालीसँगको प्रेम सफल गर्न आफ्नै श्रीमतीको हत्याको घटना बाहिर आएको छ ।

२८ वर्षीय श्रीमान् हरि चौहानले सालीसँगको प्रेमपछि श्रीमती हत्या गरी जङगलमा शव गाडेको अवस्थामा चार दिनपछि प्रहरीले फेला पारेको छ । १८ गते हराएकी भनिएकी विणा चौहान लामाकी बुवा पदम बहादुर लामाले २१ गते प्रहरीसमक्ष खोजतलास गरिदिन उजुरी दिएका थिए।उजुरीका आधारमा प्रहरीले अनुसन्धानको क्रममा श्रीमान हरिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।

इलाका प्रहरी कार्यालय धनुषा ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले भने, हरि र बहिनी गंगाको सम्बन्धबारे बीणाले श्रीमान्लाई पटक पटक भनिरहँदा पत्निबाट छुटकारा पाउन हत्या गरेको देखिन्छ।

प्रहरी निरीक्षक कार्कीले अनुसन्धानको क्रममा १८ गते हराएकी विणाको २१ गते आइतबार उजुरी पर्नासाथ उनका श्रीमान पक्राउ परेका थिए। पक्राउपछि अनुसन्धान गर्दै जादा ८ बजे राती हरीले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार साली गंगासँग बिहे गर्न तथा श्रीमतीबाट छुटकारा पाउनका लागि श्रीमतीलाई फकाएर बालो काट्ने बहानामा वैशाख १८ गते साँझ ५ बजे जङगल पठाएको र आफू पनि गएर श्रीमतीले प्रयोग गरेको सलले घाँटी बेरेर हत्या गरेर शव खाल्डोमा पुरिदिएको अनुसन्धानबाट खुल्न आएको छ।

प्रहरीलाई दिएको बयानमा श्रीमतीको हत्या गरी शव गाडेको स्वीकार गरेपछि प्रहरीले आइतबार १० बजे राति शव गाडेको स्थनबाट उत्खनन गरेर शव ल्याएको प्रहरी निरीक्षक कार्कीले जनाए।

पाँच वर्षअघि विणासँग अन्तरजातीय विवाह गरेको चौहानको परिवारले स्वीकार नगर्दा ससुरालीकै छेउमा घर बनाएर बस्दै आएका थिए । नजिकै घर भएकोले सालीको आउँजाउँबाट गंगासँग एकतर्फी प्रेममा हरी रहेको प्रहरीले भनाई छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।

घटनाका अभियुक्त हरी चौहानलाई धनुषा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक विणाको चार वर्षकी छोरी र अढाई वर्षका एक छोरा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*