कुखुराको मासु प्रतिकिलो २५० कायम गर्ने निर्णय
बैशाख ३०,हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयमा आज वसेको सर्वपक्षिय बैठकले कुखुराको मासु प्रतिकिलो २ सय ५० रुपैयाँ कायम गरेको छ । उपमेयर मिना कुमारी लामाको अध्यक्षतामा वसेको वैठकले कुखुराको मासुको मुल्य २ सय ५० रुपैँयानै कायम गरिएको छ ।
वढी मुल्यमा बिक्री गरे कार्बाही गर्ने निर्णय समेत भएको छ । हेटौंडा बजारमा मासु व्यापारीहरुले कुखुरा, खसी, रागाको मासुको मुल्य आफुखुसी बृद्धी गर्दै आएका छन् ।
पहिले तोकिएको भन्दा वढी अहिले मुल्य बृद्धी गरिए कार्बाही गरिने भएको छ । आज माछामासु व्यावसायी संघ, कुखुरा व्यासवसायी संघ, उपभोक्ताबादी संघसंस्था, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि सहितको बैठकले यो निर्णय गरेको हो ।
लकडाउनको समयमा मासुमा मुल्यबृद्धि नहुने निर्णय गरेको हो । बैठकले तोकिएको मुल्यभन्दा धेरै मुल्य लिएर ब्यवसाय सञ्चालन गरेको पाईएका कारबाही गर्ने समेत निर्णय गरेको छ । हेटौँडामा कुखुराको मासुमा ब्यवासायी आफैले मुल्यबृद्धि गरेको पाईएपछि बैठक बोलाईएको थियो ।
माछामासु व्यावासयीले जथाभावी रुपमा मुल्यबृद्धी गरिए स्थानीय प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय, हेटौंडा उपमहानगरपालिका समक्ष उजुरी गर्न समेत आग्रह गरिएको छ ।
























