प्याब्सन मकवानपुरको आग्रह अनलाईन शिक्षा स्थगित गर्नु
हेटौँडा,३०,बैशाख । नीजि तथा आवसीय विद्यालयहरुको संगठन ब्याब्सन मकवानपुरले लकडाउनको कारण अनलाईन शिक्षा प्रदान गरिरहेको विद्यालयलाई तक्कालै उक्त क्रियाकलाप स्थगित गर्न आग्रह गरेको छ ।
प्याब्सन मकवानपुरको बैठकले हालको अवस्थामा अनलाईन शिक्षण पद्धतिको विषयमा कुनैपनि छलफल नभएको, अनलाईन शिक्षालाई नेपाल सरकारले मान्यता समेत प्रदान नगरेको अवस्थामा विद्यालयले आफुखुसी यस्ता प्रकारका शिक्षण विधि प्रयोगमा ल्याउन नहुने समेत प्याब्सन मकवानपुरको ठम्याई छ ।
























