सीमा सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरी दार्चुला हिड्यो

वैशाख ३१,काठमाडौं । दार्चुलाको व्यास गाउँपालिकास्थित कालापानी क्षेत्रको सुरक्षार्थ बोर्डर आउटपोस्ट बिओपी स्थापना गर्न सुरक्षा अधिकारीहरुको टोली आज त्यसतर्फ गएको छ।

सशस्त्र प्रहरी बलका एआइजी नारायणबाबु थापा र गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा ईन्द्रजित राईसहितको टोली त्यसतर्फ गएको हो।

टोलीले पहिलो चरणमा दार्चुलाको खलंगा पुगेर त्यहाँबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर छाङरु जाने कार्यक्रम रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*