भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण

बैशाख ३१, काठमाडौं । पूर्व गृहमन्त्री एवम् नेकपाका स्थायी कमिटी सदस्य नेता भीम रावलको घरमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका एक जवानलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटमा बस्दै आएका २७ वर्षीय ती सशस्त्र प्रहरीका जवानमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो।

सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत उनलाई कोरोना पुष्टि भएपछि मंगलबा राति नै शुक्रराज ट्रपिकल तथा सरुवा रोगटेकु अस्पतालमा भर्ना गरिएको छ। स्रोतका अनुसार रावलको घरमा सुरक्षार्थ तैनाथ उनी वैशाख २ गते त्यहाँबाट निस्किएका थिए। श्रीमती बिरामी भएपछि उपचारका लागि गएका उनलाई यसबीचमा कोरोना भएको हो। उनी काठमाडौंबाट तराई गएर फर्किएको बताइएको छ। जिल्ला प्रशासनले दिएको पासबाट काठमाडौं छिरेपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसपछि उनी दुवाकोटस्थित आफ्नै डेरामा बस्दै आएका थिए।

उनको परिवारका अन्यको पनि अहिले कोरोना परीक्षणका लागि स्वाब लिइएको छ। ुउनी वैशाख २ गते यहाँबाट निस्किएर गएका थिए। योबीचमा उनी केही अस्पतालमा पनि पुगेका थिएु, रावलका एकजना सहयोगीले भने, ुउनी ड्युटीमा फर्किने भएपछि कोरोना परीक्षण गरिएको थियो। कोरोना पुष्टि भएपछि अहिले अस्पतालमा भर्ना गरिएको छ।

उता नेता रावलको भने यसअघि संसद भवनमै कोरोना परीक्षण गरिएको थियो। जहाँ उनीसहित सबै सांसद र संसद सचिवालयका कर्मचारीको कोरोना नेगेटिभ आइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*