स्वाब संकलन गरिएको हेटौँडा अस्पतालका सबै स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ
जेठ ११,हेटौडा । हेटौडा अस्पतालवाट रिफर गरिएको कोरोना संक्रमित विरामीको उपचारमा संलग्न हेटौडा अस्पतालका सवै स्वाथ्यकर्मीहरुको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले दिएको जानकारी अनुसार स्वाब संकलन गरेको सबै स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको छ । यो सँगै अस्पतालको ६६ जना डाक्टर तथा पारामेडिक्सहरुको रिर्पोट नेगेटिभ आएको हो ।
एक हप्ता पहिले हेटौँडा अस्पतालबाट रिफर गरिएकी विरामीमा काठमाण्डौँमा कोरोना संक्रमण देखिएपछि हेटौँडा अस्पतालका सबै कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो । हिजो मात्र त्यहाको १२ जना स्वास्थ्यकर्मीको पनि रिर्पोट नेगेटिभ आएको थियो ।
























