युग प्रकाश क्लबले दियो महादेब मन्दिरलाई गार्डेन कुर्सी

जेठ १७,हेटौंडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको हेटौंडा उपमहानगरपालिका बडा नम्बर ११ नवलपुरमा अबस्थित युग प्रकाश क्लबले नवलपुरमा रहेको तारकेश्बर महादेब मन्दिरलाई गार्डेन कुर्सी सहयोग गरेको छ ।  युग प्रकाश क्लबका अध्यक्ष दिपक सिवाकोटीले तारकेश्बर महादेब मन्दिरका अध्यक्ष राम बहादुर श्रेष्ठलाई ३२ हजार बराबारको गार्डेन कुर्सी र ट्वाइलेट निर्माणका लागि २५ सय इट्टा सहयोग गरिएको बताए ।

सार्बजनिक,सांस्कृतिक र धार्मिक क्षेत्रको सम्बद्र्धन र संरक्षण गर्नु हरेक नागरिकको दायित्व भएकाले मन्दिरलाई सहयोग गरिएको क्लबका उपाध्यक्ष तिर्थ रोक्काले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा क्लबका कोषाध्यक्ष बालकृष्ण बजगाई,सल्लाहाकार पुर्णभक्त लामा,क्लबका सदस्यहरु र स्थानियको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*