आज देशभरको मौसम बदली रहने

जेठ १७,काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बदली भएको छ।
अहिले देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यस्तै पूर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेको र स्थानीय वायुको पनि प्रभाव भएकाले देशभरको मौसम बदली भएको हो ।

शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । राति पनि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*