हेटौंडाको फरेष्टि क्याम्पसमा पनि क्वारेन्टीन निर्माण गरिदै
जेठ १७,हेटौंडा । हेटौंडाको फरेष्टि क्याम्पसलाई पनि क्वारेन्टीनको रुपमा निर्माण गर्न आजबाट काम सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले फरेष्टि क्याम्पसलाई क्वारेन्टीनका रुपमा निर्माण गर्न लागेको हो ।
आजबाट यसको काम सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । कोरोना संक्रमितको सख्या वढ्दै जाने र भारत लगायतका देशबाट फर्कने युवाहरु धेरै वढेकाले अर्को पनि क्वारेन्टीन निर्माण गर्न लागिएको मेयर महतले वताउनुभयो । फरेष्टि क्याम्पसका कोठाहरुलाई क्वारेन्टीनका रुपमा विकास गर्न लागिएको हो । कोरोना संक्रमति धेरै वढ्न सक्ने भएकाले यसको अग्रीम तयारी गरिएको मेयर महतले वताउनुभयो ।
यसअघि कर्राको श्रमिक माविमा आइसोलेसन, हेटौंडा एकेडेमीमा क्वारेन्टीन निर्माण गरिएको छ । हेटौंडाका १९ वटै वडामा रहेका विद्यालयलाई पनि वडा कार्यालयहरुले अस्थायी रुपमा क्वारेन्टीन निर्माण गर्न थालीसकेका छन् । विदेशबाट फर्कनेहरुलाई क्वारेन्टीनमा राख्नका लागि तयारी थालीएको छ । धेरै सख्यामा हेटौंडामा रहने युवाहरु विदेशबाट फर्कन लागेकाले उनीहरुलाई राख्नका लागि उपमहानगरपालिकाले तयारी थालेको हो ।
























