भारतबाट २० नाका हुदै स्वदेश फर्कन पाइने

जेठ २२, काठमाडौं । भारतस्थित नेपाली दूतावासले सरकारले खुला गरेका नाकाबाट मात्रै नेपाल प्रवेश गर्न भारतमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ।

बाध्यात्मक कारणले स्वदेश फर्कनैपर्ने स्थितिमा रहेकालाई सहजीकरण गरी स्वदेश फर्काउन नाका खुला गरिएको जानकारी गराइएको छ।
सीमा नाकाबाट नेपाल प्रवेश गरेपश्चात होल्डिङ सेन्टरमा राखिने दूतावासले जनाएको छ। होल्डिङ सेन्टरमा आवश्यक प्रक्रिया पूरा गरिसकेपछि निश्चित समयसम्म क्वारेन्टाइनमा रहनुपर्ने अवगत समेत गराइएको छ। संक्रमणकोे अवस्थामा सामाजिक दूरी कायम गर्न र सम्भव भएसम्म लामो दूरीको यात्रा नगर्न दूतावासले सुझाएको छ।

भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्कन खुला गरिएका २० प्रवेश बिन्दुहरू
पशुपतिनगर इलाम, काकडभिट्टा झापा, रानी मोरङ, कुनौली सप्तरी, ठाडी सिराहा, माडर सिराहा, भिट्टामोड महोत्तरी, मलंगवा सर्लाही, गौर रौतहट, वीरगञ्ज पर्सा, महेशपुर नवलपरासी पश्चिम, वेलहिया रुपन्देही, तौलिहवा कपिलवस्तु, कृष्णनगर कपिलवस्तु, जमुनाह बाँके, सुरजपुर, गुलरिया बर्दिया, गौरिफन्टा कैलाली, गड्डाचौकी कञ्चनपुर, झुलाघाट वैतडी र दार्चुला दार्चुला।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*