वृद्धाश्रमलाई ड्रिम स्क्वाड मकवानपुरको खाद्यान्न सहयोग
हेटौंडा, २४ जेठ । कोरोना रोकथामका लागि जारी गरिएको लकडाउनका कारण दैनिक उपभोग्य खाद्यान्नको समस्या हुन थालेपछि ड्रिम स्क्वाड मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे मा रहेको दिव्य सेवा निकेतन वृद्धाश्रममा आश्रित २३ जना बृद्धवृद्धाहरुका लागि खाद्यान्न सहयोग गरेको छ ।
सामाजिक कार्यमा क्रियाशिल ग्रुपका अभियान्ता बालकृष्ण दाहालले आश्रमका केन्द्रिय अध्यक्ष टिआर निरौला र सहसचिब बोलबहादुर कार्कीलाई आज शनिबार ४० हजार बराबरको खाद्य सामग्री प्रदान गरेका हुन् ।
ग्रुपले तेल ४० लिटर, गहुँको पिठो ५० केजी, दाल १५ केजी, आलु ५० केजी, साबुन १० दर्जन, प्याज ४० केजी, चिउरा ४० केजी, पास्ता १५ केजी, चाउचाउ ८ कार्टुन, बिस्कुट १६ दर्जन, चना १० केजी, चिनी ३० केजी,ग्लुकोज र ट्याङ जुस ५–५ पाकेट र सोयाविन मस्यौरा २० केजी,सब्जी मसला बेसार २÷२ केजी,सहयोग गरेको छ ।
आश्रममा दैनिक उपभोग्य वस्तुको अभाव हुनथालेको थाहा पाएपछि संगै पढेका साथीहरु मिलेर ग्रुप बनाई आर्थिक सहयोग संकलन गरी आज आश्रमलाई खाद्यान्न दिइएको ग्रुपका अभियान्ता सविन उप्रेतीले बताए । त्यस्तै आश्रमका केद्रिय अध्यक्ष टिआर निरौलाले युवाहरु मिलेर बृद्धबृद्धाहरुको लागि आबश्यकीय खाद्य बस्तु सहयोग गरेकोमा सहयोगी सबैलाई धन्यबाद व्यक्त गरेका छनु ।
विपदको घडिमा सामाजिक सेवा गर्ने उदेश्यले स्थापित यस ग्रुपले छिट्टै हेटौँडामा रहेको अर्को अनाथालयमा पनि सहयोग गर्ने तयारी गरेको अभियान्ता दिपिका अधिकारीले बताईन् । यस ग्रुपले जेठको पहिलो साता हेटौँडा ११ डाङडुङेमा अवस्थित मामाघर नेपाल अनाथ आश्रमलाई ४० हजार बराबरको खाद्य सामग्री पनि सहयोग गरेको थियो ।
























