हेटौंडा–११ नवलपुरमा १ करोड ५० लाखमा सामुदायिक भवन निर्माण सुरु

हेटौंडा,जेष्ठ ३१ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ शहिद स्मारक गेट नजिकै अहिलेको वडा कार्यालय भवनसंगै सुविधा सम्पन्न बहुउद्देश्यीय सामुदायिक भवन निर्माणको काम सुरु गर्न लागिएको छ । युग प्रकाश सामुदायिक भवनको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आज शिलान्यास गर्नुभयो । तीन तलाको भवन अपाङ्गमैत्रि निर्माण गरिने छ ।

एक करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको भवनमा वडा कार्यालय राख्ने तयारी छ । उक्त भवनमा सुविधा सम्पन्न सेमिनार हल सहित जिम क्लव,सामुदायिक वनको कार्यालय,रेडक्रस कार्यालय,स्तनपान कक्ष समेत निर्माण गर्न लागिएको मेयर महतले वताउनुभयो । भवन हेटौंडा उपमहानगरपालिका,जिल्ला समन्वय समिति,प्रदेस सरकारको लगानी र स्थानियको श्रमदानमा निर्माण गर्न लागिएको भवन निर्माण समितिका अध्यक्ष दिपक सिवाकोटीले जानकारी दिनुभयो ।

यसभवन निर्माणको काम आउँदो आर्थिक वर्षमा सक्ने तयारी छ । शिलान्यास कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष गोकर्ण पराजुली,जनप्रतिनिधी,स्थानिय संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*