नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १८ पुग्यो

जेठ ३१,हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलनमा थप २ जना कोरोना संक्रमणको कारण मृत्यु भएको पुष्टि गरेको हो।

मन्त्रालयले पत्रकार सम्मेलनको क्रममा वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । वीरगञ्जस्थित प्रयोगशालाबाट आज विहान आएको पीसीआर रिपोर्टमा दुबै जनामा कोराना भाइरस पोजेटिभ देखिएको हो । बारा निजगढ ६ का ५ बर्षीय बालकको शुक्रबार वीरगञ्जस्थित हेल्थकियर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो भने गत जेठ २८ गते बुधबार वीरगञ्जको घण्टाघरस्थित चौरमा वेवारिसे अवस्थामा भेटिएको अन्दाजी २५ बर्षीय पुरुषको समेत कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १८ पगेको छ । यसैगरि आज देशभर थप २ सय ७३ जनामा कोरोना पुष्टि भए संगै देशभर संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । यसैगरि नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ९ सय १३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*