कर्णाली प्रदेशमा एकैदिन ११० नयां संक्रमित थपिए

काठमाडौं – कर्णाली प्रदेशमा आज थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्तिमार्फत कर्णाली प्रदेशमा आज थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमा दैलेखका मात्र ९१ जना छन् । त्यस्तै सुर्खेतका १९ जना छन् ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरेको परीक्षणमा १०७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरेको परीक्षणमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो ।
नयाँ थपिएका सङ्क्रमितहरू दुई वर्षका बालकदेखि ५४ वर्ष सम्मका पुरुषसम्म छन् । २१ देखि २३ वर्ष उमेर समूहका ५ जना महिला छन् ।

योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७७ पुगेको छ । अहिलेसम्म १५१ जना उपचारपछि निको भएका छन् भने ३ जनाले ज्यान गुमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*