नेपालमा संक्रमितको संख्या ६ हजार २११ पुग्यो

काठमाडौं- नेपालमा आइतबार थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ६ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अहिलेसम्म कोभिड(१९ पुष्टि भएका व्यक्तिको संख्या ६ हजार २११ पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १०१४ पुगेको छ । जसमध्ये १०४ जना महिला र ९३७ पुरुष रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*