वडा नम्बर ११ द्वारा किसानलाई मल र विरुवा वितरण

असार ३,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ वडा कार्यालयले किसानहरुको लागि युरिया मल र फलफुलको विरुवा वितरण गरेको छ ।

वडाले ४० बोरा मल १६ रुपैंया प्रतिकिलोमा उपलब्ध गराईएको वडा नम्बर ११ का अध्यक्ष गोकर्णप्रसाद पराजुलीले बताए । यस्तै वडा कार्यालयले ३५ सय फलफुलको विरुवा वितरण गरेको छ ।

वडा भित्र रहेका २२ वटा टोलविकास संस्थालाई एक हजार पाच सय आँपको विरुवा, एक हजार पाच सय लिच्चीको विरुवा र पाँच सय वटा कागतीको विरुवा वितरण गरेको वडा सदस्य जुना दाहालले जानकारी दिइन । कागतीको विरुवा थोरै आएकोले पछि पुन वितरण गरिने सदस्य दाहालले बताईन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*