मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाको कार्यलय भवन अगाडी झुरझुरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नंबर ६ का स्थानिय वर्ष ३८ का ईन्द्र बहादुर थोकर रहेका छन् ।
हावाहुरीले सडकमा खसेको बिजुलीको तारले करेन्ट लाग्दा थोकरको मृत्यु भएको स्थानिय बालकुमार तिमल्सिना जानकारी दिए ।
प्रहरी घटनास्थल पुगिसकेको बताईएको छ ।
























